काठमाडौंमा कर्फ्यु क्षेत्र बिस्तार : शीतल निवासदेखि सिंहदरबारसम्म आवतजावत निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु क्षेत्रलाई थप बिस्तार गरेको छ। यसअघि केवल बानेश्वर–तिनकुने क्षेत्रमै सीमित कर्फ्यु लगाइएकोमा पछि आएर थप संवेदनशील क्षेत्रहरूलाई समेत प्रतिबन्धित क्षेत्रमा राखिएको हो।
प्रशासनका अनुसार राष्ट्रपतिको कार्यालय शीतल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा समेत कर्फ्यु लागू गरिएको छ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म ती क्षेत्रमा आम सर्वसाधारणलाई आवतजावत पूर्ण रूपमा निषेध गरिएको छ।
Facebook Comment