दाङमा जुवातास खेलिरहेका १२ जना पक्राउ

काठमाडौं । दाङमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। प्रहरीले घोराही उपमहानगरपालिका–१४, दामोदर चोकस्थित ‘द ब्ल्याक क्याप’ रेष्टुरेन्टमा गए राति छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९, बेलुवा बस्ने ३४ वर्षीय हिमराज खड्का समेत १२ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङ र वडा प्रहरी कार्यालय घोराहीको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख ६० हजार ९ सय ४० रुपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको बताइएको छ।

प्रहरीले उक्त घटनासँग सम्बन्धित थप अनुसन्धान गरिरहेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *