रविन्द्र ढाँट बने रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसका ब्राण्ड एम्बेस्डर
काठमाडौं । नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित भएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ढाँटले ब्राण्ड एम्बेस्डरको सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौतापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले रोहिनी इन्टरनेशनल एजुकेशन सर्भिसेसले आफूलाई ब्राण्ड एम्बेस्डरको रूपमा चयन गरेकोमा खुसी व्यक्त गर्दै संस्था प्रति धन्यवाद व्यक्त गरे।
एजुकेशन सर्भिसेसले पनि भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा उपाधि जितेर इतिहास रच्न सफल ढाँटलाई ब्राण्ड एम्बेस्डरको रूपमा अनुबन्धित गर्न पाउँदा हर्ष व्यक्त गरेको जनाएको छ।
Facebook Comment