हेटौँडामा चट्याङले एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ कमेरोपानीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार हेटौँडा–१६ सानो आकाशधाराका ३७ वर्षीय बुद्धबहादुर प्रजाको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीय धनबहादुर स्याङतानले सञ्चालन गरेको किराना पसलमा दैनिक उपभोग्य सामग्री खरिद गर्न पुगेका बेला प्रजामाथि चट्याङ खस्दा ज्यान गएको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा पठाइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *