ओलीले लिपुलेक सहमतिप्रति चीनसँग आपत्ति व्यक्त गरे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने चीन–भारतबीचको सहमतिप्रति चीनसमक्ष आपत्ति व्यक्त गरिएको बताएका छन्।
भदौ १४–१८ गतेसम्मको चीन भ्रमणको क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा उनले आफ्नो असहमति व्यक्त गरेको स्पष्ट पारेका हुन्।
ललितपुरको सनराइज सभा हलमा आजदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनमा उद्घाटन मन्तव्य दिँदै ओलीले यसबारे भारतसँग पनि स्पष्ट कुरा राख्दै आएको जानकारी दिए।
उहाँले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा नेपालले कुनै समर्थन नगरेको पनि जोड दिए।
Facebook Comment