मेस्सीले घरेलु विश्वकप छनोटमा अविस्मरणीय बिदाइ, अर्जेन्टिनालाई ३–० को जित

काठमाडौं । अर्जेन्टिनी फुटबल टोलीका कप्तान लिओनल मेस्सीले आफ्नो अन्तिम घरेलु विश्वकप छनोट खेललाई अविस्मरणीय बनाएका छन्। शुक्रवार बिहान सम्पन्न खेलमा मेस्सीले दुई गोल गर्दै अर्जेन्टिनालाई भेनेजुएलाविरुद्ध ३–० को जित दिलाएका हुन्।

घरेलु मैदानमा मेस्सीको यो अन्तिम विश्वकप छनोट खेलमा दर्शकको बाक्लो उपस्थिति थियो। मेस्सीले भने, “यसरी यहाँ अन्तिमपटक खेल्न पाउनु मेरो जीवनभरको सपना हो। मैदानले मलाई अनगिन्ती क्षणहरू दिएको छ—राम्रो पनि, नराम्रो पनि। तर आफ्नै समर्थकहरूको सामु खेल्नु हरेकचोटि ठूलो खुसी हो।”

घरेलु मैदानको बिदाइ खेलमा मेस्सीले ३९औं र ८०औं मिनेटमा गोल गरे। यससँगै उनी दक्षिण अमेरिकी विश्वकप छनोट इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्, कुल ३६ गोलसहित।

मेस्सी आगामी विश्वकपप्रति आशावादी देखिएका छन्। उनले भने, “म अझै उत्साहित छु। दिनहुँ मैदानमा नयाँ अनुभव गर्दैछु। शरीरले साथ दिएसम्म खेलिरहनेछु। प्रतियोगिता सुरु हुन अझ नौ महिना बाँकी छ, जुन लामो समय हो।”

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *