फेसबुक कम्पनी मेटा सरकारसँग सम्पर्कमा : नेपालमा दर्ता प्रक्रिया बुझ्दै

काठमाडौं । नेपाल सरकारको निर्णयअनुसार देशभित्र आधिकारिक दर्ता नभइ सामाजिक सञ्जाल सञ्चालन गर्न नपाइने व्यवस्था भएपछि फेसबुक सञ्चालन गर्ने कम्पनी मेटाले नेपाल सरकारसँग सम्पर्क गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेलका अनुसार मेटाले दर्ता प्रक्रिया र आवश्यक कागजातबारे जानकारी मागेको छ। उनले भने, “मेटाले नेपालमा दर्ता हुन के के प्रक्रिया पूरा गर्नुपर्ने र प्रावधान के के छन् भनेर विवरण सोधेको छ।”

सूचना प्रविधि मन्त्रालयले मेटाले मागेको सबै विवरण उपलब्ध गराउने तयारी गरेको जनाएको छ। यसअघि नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालन गर्ने विदेशी कम्पनीलाई दर्ता अनिवार्य बनाउने निर्णय गरेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *