प्रतिनिधिसभाबाट बालबालिका र पशु चिकित्सा परिषद् संशोधन विधेयक समितिमा
काठमाडौं । प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने निर्णय गरेको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीद्वारा पेश गरिएको उक्त विधेयकलाई छलफलका लागि पठाउन सभाले सर्वसम्मत स्वीकृति दिएको हो।
त्यसअघि, सभामुख देवराज घिमिरेले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव पनि सर्वसम्मत स्वीकृत भएको छ। सभामुखले विधेयकमाथि संशोधन गर्न चाहनेले प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी दिए।
आजको कार्यसूचीमा रहेको राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको पुनर्विचार सम्बन्धी कार्यक्रम भने हटाइएको सभामुख घिमिरेले जानकारी दिए।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते दिउँसो १ बजे बस्नेछ।


Facebook Comment