काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
बैठकमा भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार महाधिवेशनमा प्रस्तुत राजनीतिक, संगठनात्मक तथा विधान प्रतिवेदनमाथि बैठकले विस्तृत तयारी गर्नेछ।


Facebook Comment