सुर्खेतमा नक्कली बिहे गराई ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । सुर्खेतमा नक्कली आमाबाबु बनेर विवाह गराई ठगी गर्ने दैलेख र अछामका दुई व्यक्ति प्रहरीले नियन्त्रणमा लिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार एउटै महिलालाई फरक–फरक मितिमा विभिन्न पुरुषसँग विवाह गराई नगद र गरगहना ठगी गरिएको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा दैलेख साँडु घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ४० वर्षीय गोपालकुमार विक र अछाम तुर्माखाँद–३ घर भई हाल वीरेन्द्रनगर–१० बस्ने ३८ वर्षीया भविसरा रास्कोटी मगर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले फेसबुकलगायत सामाजिक सञ्जालमार्फत नक्कली आमाबाबु र छोरी बनेर पीडितलाई फसाउने गरेका थिए। उनीहरूको साथबाट विवाहका कपडा, सुनका गरगहना र बिहेको फोटोसमेत बरामद गरिएको छ।

ठगीमा संलग्न दुलही बनेकी महिलाको खोजी भइरहेको र पक्राउ परेकाविरुद्ध आपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *