प्रमोद खरेलको स्वरमा ‘कातिल नजर’ सार्वजनिक, बुद्धि सुवेदीको शब्दमा माया–पिरतीको गहिरो कथा
काठमाडौं । गीतकार बुद्धि सुवेदीको शब्द र गायक प्रमोद खरेलको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘कातिल नजर’ सार्वजनिक भएको छ। “पल–पल तिम्रो याद आउँछ किन होला, मन चरिले तिम्रै गीत गाउँछ किन होला” जस्ता मार्मिक बोलहरूले सजिएको यस गीतमा मायापिरतीको गहिरो अनुभूति व्यक्त गरिएको छ।
गीतमा चर्चित संगीतकार ध्रुप विश्को विश्वकर्माले संगीत भरेका छन् भने नरेन्द्र वियोगीले एरेञ्ज, मिक्सिङ र मास्टरिङको जिम्मा सम्हालेका छन्। गीतको रेकर्डिङ सामुल थामीले गरेका हुन्।
जीबी चिरन र आश्विनी शाहीको अभिनयले सजीवता दिएको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ। गीतमा प्रेम, वियोग र आकर्षणका भावहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ।
‘कातिल नजर’ श्रोताहरू तथा दर्शकहरूलाई माया र भावनाको रंगीन संसारमा लैजाने गीत बन्ने अपेक्षा गरिएको छ।
Facebook Comment