बैंकिङ प्रणालीमा पैसाको चाप : राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता (पैसा) अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले आज (बुधबार) ५० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।
केन्द्रीय बैंकले २५ दिन अवधिका लागि निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) प्रयोग गरेर बोलकबोलमार्फत रकम संकलन गर्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकका अनुसार संकलन गरिएको रकमको मूलधन (साँवा) र ब्याज असोज १२ गते फिर्ता गरिनेछ। बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोडको गुणकमा मात्र प्रस्ताव गर्न सकिनेछ।
यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।
किन पैसा खिच्दै राष्ट्र बैंक?
बैंकिङ प्रणालीमा अत्यधिक तरलता हुँदा ऋण प्रवाह सुस्त हुने, मुद्रास्फीति बढ्ने तथा वित्तीय अनुशासनमा चुनौती आउने भएकाले राष्ट्र बैंकले यस्तो रकम संकलन गर्ने गरेको हो। यसलाई ‘सकल तरलता व्यवस्थापन’ (Liquidity Management) भनिन्छ।
Facebook Comment