खाली खुट्टा गणेशको दर्शन गर्न पुगे सलमान

सलमान खान आफ्नो अभिनयमात्र होइन । आफ्ना कामबाट पनि चर्चामा आइरहन्छन् ।

अहिले उनको चर्चा भगवान गणेशको दर्शनबाट चुलिएको छ ।

सलमान आफ्नो सुरक्षा टोलीसहित महाराष्ट्रका मन्त्रीको घरमा पुगेका छन् ।

गणेशउत्सवको बेला सलमान महाराष्ट्रका मन्त्री आशीष शेलारको घरमा पुगे । उनी खाली खुट्टा देखिएका थिए । उनका सुरक्षागार्डले भने जुत्ता लगाएका थिए ।

देखिएका भिडियोमा सलमानले हात जोडेर आर्शिवाद लिएको, टीका लगाएको देखिएको छ ।

महाराष्ट्रको मन्त्रीले सलमानसँगको तस्बिर सार्वजनिक गर्दै भनेका छन्, ‘एक्टर सलमान खान हाम्रो बान्द्रा वेस्ट पब्लिक गणेशउत्सवमा गणेश दर्शन गर्न आए।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *