अष्ट्रेलियाबाट फर्कियो नेपाली क्रिकेट टोली

काठमाडौं । अष्ट्रेलियामा टप एण्ड टी-२० क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्किएको छ। डार्विनको नर्दन टेरिटोरीमा भएको टप एण्ड टी-२० सिरिज र केही अभ्यास खेलहरू खेलेर नेपाली टिम स्वदेश फर्किएको हो।

नेपाली टिम टप एण्ड टी-२० सिरिजमा नेपाल ११ टिममा आठौं भएको थियो। नेपाली टिमले टप एण्ड टी-२० सिरिज पश्चात साउथ अष्ट्रेलियासँग २ वटा टी-२० र एउटा एकदिवसीय खेल खेलेको थियो।

नेपालले टी-२० क्रिकेटमा दुवै खेलमा पराजित भएको थियो भने एकदिवसीय खेलमा नेपालले जित निकालेको थियो।

स्वदेश फर्किएसँगै नेपाली टोलीका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लले खेलाडीले धेरै खेल्ने अवसर पाउन अष्ट्रेलियामा सकभर धेरै क्रिकेट खेलेको बताए। यसबाट हरेक खेलाडीले सिक्नुपर्ने कुरा उनले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *