चलचित्र ‘लाइफ इन एलए’को गीत सार्वजनिक (भिडियो)



चलचित्र ‘लाइफ इन एलए’को गीत सार्वजनिक गरिएको छ । अमेरिका र नेपालमा छायांकन गरिएको सो चलचित्रको ‘पागल प्रेमी’ बोलको गीत काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

सुर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको गीतमा त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ । गीतको भिडियोमा ब्यास विस्सु, अकेशा बिष्ट, शिल्पा मास्केलाई फिचरिङ गरिएको छ ।

एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ । यो चलचित्रमा गौरव पहारी, वुद्दि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको साथमा जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।

ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अञ्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal