‘१२ सत्ताईस’ पोस्टर सार्वजनिक



जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्म ‘१२ सत्ताईस’को फष्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्म भित्रका सम्पूर्ण प्रमुख पात्रहरुलाई स्थान दीईएको छ । फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजि राना, अस्मिता लामिछाने, सम्रान्त थापा, अभोन राज उप्रेती, भिष्म जोशी लगायतकाको अभिनय रहेको छ ।

फरक भिजोल कमेडी फ्लेबरमा बनेको यस फिल्मले ३ जना युवा बेरोजगारहरुको कथा समेटेको छ । ‘उत्कृष्ट फिल्म बनाउन स्टार काष्ट नै चाहिन्छ भन्ने छैन, कथा र पात्र बलियो भए फिल्म राम्रो बन्छ र हाम्रो फिल्मले दर्शकको मन जित्न सक्नेछ’, निर्देशक जोन योञ्जनले भने ।

ह्याप्पी प्ल्यानेट फिल्म्स र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मलाई रेणु राना, दिपक खातिवडा र रुपक थापाले निर्माण गरेका हुन् भने फिल्मका सह-निर्माताको रुपमा गौतम शाह रहेका छन् । आगामी मङ्सिर २७ गते बाट प्रदर्शनमा आउने यस फिल्मलाई काफिया फिल्म्स र श्री ब्याङ्कटेश ईण्टरटेण्टमेण्टले बितरणको जिम्मा लिएको छ । निर्देशक जोन योञ्जन कै कथा रहेको यस फिल्ममा दिपक आर्जेको संगीत, अनिश स्याङ्गदेनको छायांकन र कृष्ण भण्डारीको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal