निशान र मेलिनाको ‘हावा चल्यो’ (भिडियो)



गायक निशान भट्‍टराई र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘हावा चल्यो’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ ।
भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा साइब्रत आचार्य सहायक निर्देशकको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal