सुनिल थापाको अभिनय रहेको ‘झ्याम पुतली’ भिडियो सार्वजनिक



नेपाली फिल्म क्षेत्रमा ‘राते काईला’को उपनामले चर्चित कलाकार सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । फिल्ममा भिलेनको रुपमा देखिदै आएका सुनिल भिडियोमा पनि त्यही अन्दाजमा देखिएका छन् । उनले अभिनय गरेको भिडियोको गीतमा उनलाई ‘बोस’ को रुपमा चित्रण गरिएको छ । संवत उनी पहिलो पटक हिपहप गीतमा देखिएका हुन् ।

‘झ्याम पुतली’ बोलको हिपहप गीत साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रम थापाले तयार पारेका हुन् । यी दुई समेत भिडियोमा फिचर्ड छन् । यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ ।

भिडियोको सार्वजनिक गीतलाई अन्तराष्ट्रिय लेभलको बनाउने प्रयाश गरिएको अनुमान लगाउन सकिन्छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजानिक गरिएको गीतमा आफु अभिनय गर्न पाउँदा निकै खुसि रहेको सुनिलले बताए । ‘गीतको एउटा हिस्सा हुन पाउँदा निकै खुसि छु’ उनले भने ‘गीतलाई स्टाइलिस् बनाउने कोसिस गरिएको छ ।’

सुनिलले भिडियोमा अभिनय गर्न तयार हुँदा आफुहरु उत्साहित भएको विधानले बताए । ‘हामीलाई एउटा बोस क्यारेक्टर चाहिएको थियो त्यो मैले सुनिल सरमा पाए’ उनले भने । उनले यो हिपहप गीतलाई एउटा स्तरीय गीत बनाउने कोसिस गरेको बताए । गीतमा र्यापरको रुपमा रहेका सुरजले गीतलाई अन्य भन्दा भिन्न बनाउने कोसिस गरिएको बताए ।

भिडियो लिङ्क : https://youtu.be/tx76AkQnnUM

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal