सुमिता राईको एकल गायन रहेको एल्बम ‘सगुन’ सार्वजनिक



गायिका सुमिता राईको एकल गायन रहेको एल्बम ‘सगुन’ एक कार्यक्रमका बिच सार्वजनिक भएको छ । मुकेश राई, प्रतिक चामलिंग, निर्मल परिबेश राई र कुमार बिबाहितको शब्द, बिक्रम राई, मन थुलुङ्ग राई, पुजन लोह्गन, कुमार बिबाहित र शिला बहादुर मोक्ताको सङ्गीत रहेको एल्बम वरिष्ठ निर्देशक प्रकाश सायमी संगै चर्चित साङ्गितिक जोडी शिला बहादुर मोक्तान र कुन्ती मोक्तानको विशेष आतिथ्यतामा सार्वजनिक गरिएको हो ।

सो कार्यक्रममा एल्बममा समावेश ‘हरेक साँझ’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतको भिडियोलाई नृत्य निर्देशक गोबिन्द राईले निर्देशन गरेका हुन् । भिडियोमा गायिका सुमिता राई र खरुन राई फिचर्ड छन् । नौलो प्रयोग सहितको भिडियोमा दिपेन्द्र बस्न्यातको छायांकन तथा सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal