क्लब फरेनहाइटमा ‘ट्रिब्युट टु ओम बिक्रम विष्ट’



पछिल्लो समय अमेरिकामा रहेर आफ्नो स्वास्थ्य उपचार गराइरहेका पपसम्राट ओम बिक्रम विष्टको सहयोगार्थ शुक्रबार राजधानीको ठमेलमा रहेको क्लब फरेनहाइटमा कार्यक्रम हुने भएको छ । कार्यक्रममा जेम्स प्रधान, संजय श्रेष्ठ, बबिन प्रधान, हरिन्द्र श्रेष्ठ, सचिन रौनियार, भिम तुलाधर लगायतले आफ्नो प्रस्तुती राख्नेछन् ।

‘ट्रिब्युट टु ओम बिक्रम विष्ट’ नाम दिइएको कार्यक्रममा राखिएको डोनेसन बक्समा संकलित रकम हस्तान्तरण गरिने क्लबले जनाएको छ । जेम्स र संजयले आफ्नो गीतसंगीतसँगै पपसम्राट विष्टका गीत गाउनेछन् ।

आफुले सामाजिक दायित्वलाई पनि बहन गर्दै अगाडी बढेको क्लब फरेनहाइटले जनाएको छ । आउँदा दिनमा अझै उत्तरदायी भूमिका निर्वाह गर्ने सोच बनाएको क्लबले सांगीतिक कार्यक्रम पनि गर्दै आएको छ । केही दिन अगाडी मात्र क्लबले आदित्य नारायण झाको कन्सर्ट आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal