जब उकुषाको साहारा बने समिम (भिडियो)



चर्चित गायक सुमन केसी र दीपा लामाको स्वररहेको गीत ‘तिम्रो साहारा’को भिडियो सार्वजनिक भएको छ । सुप्रसिद्ध रचनाकार अम्बिका गुरुङको शब्दमा शंकर थापाको संगीत रहेको उक्त गीतको संगीत संयोजन फणिन्द्र राईले गरेका हुन् । उत्सव दाहालको छायांकनमा विकास दाहालको सम्पादन रहेको भिडियो अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा समिम खान र उकुषा गिरीको अभिनय देख्न सकिन्छ ।



भिडियोमा अभिनय गरेका समिम खान व्यवसायिक मोडल हुन् । लामो समय देखी उनी मोडलिङ क्षेत्रमा सकृय छन् । त्यस्तै मोडल उकुषा गिरी फिल्म ब्याचलर बण्टी बाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछिन् । तर, फिल्म निर्माण केही समय पछी सरेको छ ।

लामो समय अगाडी देखी संचार कर्ममा सकृय अर्जुन अधिकारी म्युजिक भिडियो निर्देशनमा स्थापित नाम हो । फरक खालका कथा त प्रस्तुती सहित भिडियो निर्देशन गर्दै आएका उनले सार्वजनिक ‘तिम्रो शहर’को भिडियोलाई फिल्मी शैलीमा तयार गरेका छन् । भिडियो रमणिय पर्यटकिय स्थल पोखरा आशपासमा छायांकन गरिएको छ । यो भिडियोबाट आफुले निकै आशा गरेको निर्देशक अधिकारीले बताए ।

भिडियो लिङ्क : https://youtu.be/hgLgpCg1jv0

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal