रेखाको फिल्ममा दुई निर्देशक ?



नायिका रेखा थापाले निर्माण गर्न लागेको नयाँ फिल्मका लागी केही समय अगाडी ‘इन्टु मिन्टु लण्डनमा’ डेब्यु निर्देशक रेनाशा वान्तवा राई निर्देशकको रुपमा अनुबन्धित भएकी थिइन् । अब उक्त फिल्ममा निर्देशकको रुपमा ‘जात्रै जात्रा’ फेम्ड निर्देशक प्रदिप भट्टराई समेत रहने भएका छन् ।

हाल फिल्मको स्कृप्टमा काम भइरहेको र त्यसमा प्रदिपको समेत संलग्नता रहेको बुझिएको छ । यद्यपी रेखा र प्रदिप बिचमा लिखित सम्झौता भएको छैन । श्रोतका अनुसार फिल्ममा प्रदिप समेत निर्देशकको रुपमा रहने पक्का भएसंगै उनी फिल्मको स्कृप्ट बलियो बनाउने कसरतमा लागेका छन् ।

रेखाको फिल्म मालिका असफल भएपछी नयाँ बन्ने फिल्मका लागि उनले लामै कसरत गरिरहेकी छिन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण हुने उक्त फिल्मको नाम भने फाइनल गरिएको छैन । मङ्सिर देखी छायांकनमा जाने लक्ष सहित स्कृप्टमा काम भइरहेको फिल्म मल्टिस्टारर हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal