एउटा नेपालीको जीवन सघंर्षको कथामा आधारित डा. गैह्रेको 'एक्लै एक्लै जीवनसँग...'

एउटा नेपालीको जीवन सघंर्षको कथामा आधारित डा. गैह्रेको 'एक्लै एक्लै जीवनसँग...'

बेलायतमा एक्लै एक्लै जीवन सँग लड्न कहाँ सक्थेँ सार्वजनिक गरिएको छ। डा.योगेन्द्र गैह्रेले परदेशको सघंर्ष र जीवन कथा बोल्ने गीति एल्बम 'एक्लै एक्लै जीवनसँग'को पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियो लन्डनमा आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ । प्रमुख अतिथि ग्रीनवीच बरोका काउन्सिलर जीत राना भाटले म्युजिक भिडियो विमोचन गरेका हुन् । म्युजिक भिडियोको विमोचन गर्दै काउन्सिलर राना भाटले एउटा पारिवारिक कथा र परिवेश समेटेर म्युजिक भिडियो निर्माण गरेको भन्दै खुसी व्यक्त गरे ।

नेपालको पुर्खौली घर स्याङ्जाका डा.गैह्रेले आफूले भोगेको जीवनलाई ह्रदय छुने म्युजिक भिडियोमा उतारेको भन्दै समग्र गीतको विषयमा बताएका थिए । बेलायतको  साउथ ह्यान्टममा स- परिवार सहित बस्दै आएका गैह्रेले गीतमा आफैले स्वर दिएका छन् ।

त्यस्तै, संवाद पनि डा.गैह्रेकै रहेको छ भने गीतलाई करुण थापाले सिर्जना गरेका हुन् । उक्त गीतमा न्ह्यू बज्राचार्यको सगींत रहेको छ भने,प्रडक्सन थ्रीका राजदीप राईले सम्पादन र छायाकंन तथा भिडियोलाई प्राविधिक सहयोग फोटो/ भिडियो पत्रकार एज्रा श्रेष्ठले गरेका छन् । त्यस्तै मोडेल सुरेश श्रेष्ठले भिडियोलाई संयोजन गरेका छन् ।

गीतको निर्माताको रूपमा डा. गैह्रेकै श्री मति ज्योति श्रेष्ठ गैह्रे रहेकी छन् भने कथा समन्वय र निर्देशन स्वंम डा. योगेन्द्र गैह्रेको नै रहेको छ । कला र संगीतमा पारिवारिक पृष्ठभूमि भएर पनि होला पारिवारिक कथावस्तु र डा.गैह्रेकै आफ्ना २ छोराको अभिनय रहेको म्युजिक भिडियोले प्रवासमा रहेर नेपालीहरूले पनि परिवारसँग कसरी जीवन व्यतीत गर्छन् भन्ने वास्तविकता बोलेको छ ।

म्युजिक भिडियोले रोजगारीको खोजीमा विदेशिनु पर्ने नेपालीको कथामा आधारित गीतले हाम्रो सामाजिक एवम् हरेक घरको मार्मिक चित्रण गरेको छ।

Comments