नेपालमा पछिल्लो २४ घण्टामा थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर कुल १२ हजार २० जनाको परीक्षण गर्दा ५ सय ६९ जनाको पीसीआर र ९७ जनाको एन्टीजेन पुष्टि भएको हाे ।
त्यस्तै देशभरबाट थप ६२२ जना कोरोना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण थप ११ जनाको मृत्यु भए संगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण ११ हजार ३ सय ७२ जनाको मृत्यु भएको छ ।
पछिल्ला केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्यामा कमीआएसँगै सक्रिय संक्रिय संक्रमितको संख्यामा समेत कमी हुँदै आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १० हजार २ सय ९६ रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ ।
Comments