कसरी कसरी र कसरी कसरी २ को अपार सफलता पछी गायक टंक बुढाथोकीको नया गीत ‘कसरी कसरी ३’ बोलको गीत बुधबार सार्वजनिक भएको छ। सार्वजनिक भएको एक दिनमै युट्युबको ट्रेन्डिङमा बस्न सफल भएको छ ।
उक्त गीतमा चर्चित गायक टंक बुढाथोकी,चर्चित गायिका मेलिना राई र बाल गायक एआर बुढाथोकीको रहेको छ। गीतमा शब्द तथा संगीत गायक टंक बुढाथोकी स्वयंको छ ।
भिडियोमा एआर बुढाथोकी,आयुष गुरागाईं,अंशु गुरागाईं लगाएत अन्य कलाकारहरु फिचर्ड छन् । उक्त गीतमा कविराज गहतराजको निर्देशन रहेको छ भने अर्जुन जिसीले सम्पादन गरेका छन्। यो गीत टंक बुढाथोकीको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
Comments