पोखरा-युथ क्रियसन थिएयटरका ३ कलाकार जर्मनमा लुकेको पुष्टी

पोखरा-युथ क्रियसन थिएयटरका ३ कलाकार जर्मनमा लुकेको पुष्टी

जर्मनमा लुकेको भनिएकोमा पोखरा-युथ क्रियसन थिएयटरका ४ जना कलाकार मध्य सम्झना शर्मा नेपाल फर्किएकी छन् । उनको १० दिनको भिसा भएको कारण लामो समय बसेको र ट्रान्जिट लामो समय परेकाले नेपाल फर्कन ढिला भएको श्रोतले बताएको छ । लुकेका भनिएका मध्य सम्झना नेपाल फर्किए पनि बाकि ३ जना शर्मिला बस्नेत, संरचना पौडेल (अञ्जना) र मधुसूदन पौडेल भने लुकेको पुष्टी भएको छ । मधुसुधनले आफु पोर्चुगलमा रहेको फेसबुक मार्फत खुलाएका छन् भने शर्मिला र संरचना अझै सम्पर्क बिहिन छन् ।

असार १८ गते ‘घेरो’ नाटक लिएर जर्मन पुगेका उनीहरु नाटक मञ्चन सकिएपछि सम्पर्कबिहीन भएका हुन् । कलाकार र व्यवस्थापक सहित १२ जनाको टीम जर्मन पुगेका थिए । तर, असार २३ गते ८ जनामात्रै नेपाल फर्किएका थिए ।

नेपाली कलाकारहरुको टोली जर्मन सरकार मातहत प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएको लोकसंगीत महोत्सवमा सहभागी हुन त्यहाँ पुगेको थियो । उनीहरुलाई एक साताको मात्र भिषा अनुमति थियो । महोत्सव जुलाई ५ र ६ मा सम्पन्न भइसकेको छ ।

Comments