सगरमाथा आधार शिविरमा ४ युवाले गरे हडताल

सगरमाथा आधार शिविरमा ४ युवाले  गरे हडताल

वातावरणीय न्यायको माग गर्दै सगरमाथा आधार शिविरमा ४ युवाले ४ घण्टा भोक हडताल गरेका छन् । इटहरीका पत्रकार विराट अनुपम, निजामती कर्मचारी सुरेश कार्की, नेकपा नेता भीमप्रसाद सुवेदी र उद्यमी सन्तोष निरौलाले आधार शिविर पुगेर बुधबार बिहान १० बजेदेखि दिउँसाे २ बजेसम्म भोक हडताल गरेका हुन् ।

वातावरणीय न्यायका लागि २४ घण्टा भोक हडताल गर्ने योजना भए पनि माैसमी प्रतिकूलका कारण ४ घण्टामा टुंग्याएको हडतालमा सहभागीमध्येका एक विराट अनुपमले जानकारी दिए ।
४ युवाले गरेको हडताललाई हिमाल आरोही जे बोथ, उत्तर प्रदेशका सांसद् एमएलए प्रतीक भूषण सिंहलगायतले ऐक्यबद्धता जनाएका थिए ।

युवाको हडताल सोलुखुम्बु लोबुचेको पिरामिट रिसर्च सेन्टरका म्यानेजर काजी बिष्टले जुस पिलाएर तोडाएका थिए ।

Comments