चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । बानेश्वर स्थित उनको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट के कति क्षती भएको छ भन्ने विवरण आइसकेको छैन । आगलागीबाट मानवीय क्षती भने नभएको बुझिएको छ ।
आगलागीबाट उनका अवार्ड तथा प्रमाणपत्रहरू जलेर नष्ट भएका छन् । थप विवरण आउन बाँकी रहेको छ । गायक राई यतीबेला साङ्गीतिक कार्यक्रमका लागि काठमाडौं बाहिर छन् ।
Comments