प्रधानमन्त्री ओली र देउवासहित दुई दलका शीर्ष नेताबीच भेटवार्ता
काठमाडौं । सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी रहेको ओली सचिवालयले जनाएको छ।
उनीहरूबीच समसामयिक राजनीति, संसद् ल्याइने विधेयक, बाढी पहिरो र डुबानको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको बताइएको छ।
Facebook Comment