सर्पले डसेर झापामा बालकको मृत्यु
झापा । विषालु सर्पले डस्दा झापामा एक बालकको मृत्यु भएको छ। सर्पले डस्दा कमल गाउँपालिका- ४ का अन्दाजी १० वर्षीय नवीन विकको मृत्यु भएको हो।
गएराति हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमन सर्पले खुट्टामा टोकेको थियो। उनको घटनास्थलमै मृत्यु भएको कमल ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले बताए।
बालकको मृत्युपछि घर आँगनमा खोजेर दुईवटा सर्प मारेका थिए। ज्योति आधारभूत विद्यालयमा अध्ययनरत नवीन हजुरबुवा र हजुरआमासँगै बस्दै आएका थिए। उनका बुवा वैदेशिक रोजगारीमा गएका छन्।
Facebook Comment