हिमताल फुटेको तिलगाउँका बासिन्दालाई तत्काल राहत दिन र उद्धार गर्न सांसदको माग

काठमाडौं— सांसद छिरिङ डम्डुल लामाले हुम्लाको लिमीस्थित तिलगाउँमा हिमताल फुटेर आएको बाढीका कारण १८ घरपरिवार समस्यामा परेको भन्दै तत्काल राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद लामाले तत्काल सो स्थानबाट निरीक्षण गर्दै हेलिकप्टरबाट भएपनि उचित राहतका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

हिमाली क्षेत्रको हिमताल खतरनाक अवस्थामा पुगेको भन्दै उनले उक्त घटनालाइ गम्भीर रुपमा लिँदै रोकथामका लागि पहल सुरु गर्नुपर्ने धारणा राखे । ४७ सय मिटरमाथि रहेको हिमताल फुट्दा तिलागाउँमा जनधनको क्षति भएको र १८ घरपरिवारका ३२ जना नजिकैको बारीमा त्रिपाल लगाएर बस्नुपरेको उनको भनाई छ।

हिमताल फुट्दा आएको बाढीका कारण काठका पाँचवटा पुल बगाएको, सिंचाइकुलोका साथै १५ किलोवाटको विद्युत परियोजना समेत क्षतविक्षत भएको उनले जानकारी दिए । जेठ १ गते लेदोसहितको पहिरोले हुम्लाको तिल गाउँका केहि बस्ती बगाएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *