सामन्था रुथ प्रभुले गरिन दोस्रो विवाह

काठमाडौं । साउथ इन्डियन फिल्मकी लोकप्रिय अभिनेत्री सामन्था रुथ प्रभुले दोस्रो विवाह गरेकी छन्। साउथ इण्डियन फिल्मका निर्देशक राज निदिमोरुसँग अभिनेत्री लगनगाँठो कसेकी हुन् ।

तेलगु र तमिल उद्योगमा करियर स्थापित गरेकी अभिनेत्रीको पहिलो विवाह सन् २०१७ मा अभिनेता नागा चैतन्यसँग भएको थियो । पछि आन्तरिक कारणले दुईबीच सन् २०२१मा सम्बन्धविच्छेद भयो।

चैतन्यले भने सम्बन्ध विच्छेदको केही वर्ष मै अर्को विवाह गरे भने करिब पाँच वर्ष एक्लै बसेकी सामन्था वैवाहित बन्धनमा बाँधिइन । निर्देशक र अभिनेत्रीको सम्बन्धबारे चौतर्फी चर्चाका बीच विवाह समारोहका तस्बिर सार्वजनिक भएका हुन् ।

विवाहको खबर भने अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *