युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने : नेपाली कांग्रेसका नेता डा शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र वरिष्ठ र युवापुस्ताको मिलनबिन्दु आफू भएको बताएका छन्।
उनले लामो समयदेखि पार्टीभित्र र बाहिरका ‘फोरम’मा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आएपनि त्यसको सुनुवाइ नभएकोले पछिल्लो परिस्थिति निर्माण भएको बताए ।
आफूले कोभिड महामारीको समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्वको माग गरेको स्मरण पनि उनले गरे ।
आज प्रजातन्त्र सेनानी सङ्घका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुसँग भएको भेटमा देशको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीले पुयाएको योगदानको सधैँ कदर हुने नेता कोइरालाले बताए ।
‘सयौँ योद्धा र युवाको योगदानले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ’, उनले भने, ‘पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनर्निर्माण जरुरी छ ।’


Facebook Comment