जदौमा साम्राज्ञी अनुबन्धित

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा टाइटल डिजाइनसहित वैशाख १ गते घोषणा गरिएको सामाजिक प्रेमकथानक फिल्म ‘जदौ’ को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित भएकी छिन ।

सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले संयुक्त रुपमा निर्माण गर्ने फिल्मको परिकल्पना र लेखन काजी लिम्बूको रहेको छ । फिल्मको निर्देशकको बारेमा भने निर्माण टिमले खुलाएको छैन । भदौबाट सुटिङ सुरु गरिने फिल्ममा श्याम तामाङ्गको छायांकन हुनेछ । बुद्धि माझी निर्माण व्यवस्थापक रहेको फिल्मका गीतमा बाबुल गिरीको सङ्गित छ ।

फिल्मको सहनिर्मातामा ओम चेम्जोङ्ग, राजाराम सुवेदी र शान्ता तामाङ्ग छ्न । अन्य कलकार तथा प्राविधिक बारे चाडै नै पूर्ण जानकारी दिइने समिश्रण मुभिजका निर्देशक अन्जन शर्माले बताएका छन । फिल्म २०८२ सालभित्रै दर्शक माझ ल्याउने योजना निर्माण टिमको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *