च्यासलमा एमाले सचिवालय बैठक
काठमाडौं : नेकपा एमालेले सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यालय च्यासलमा बैठक सुरू भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारले शुक्रबार संसदमा पेश गरेको नीति तथा कार्यक्रमको समीक्षा,पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ।
Facebook Comment