द ब्ल्यू लाइटमा अर्पण

काठमाडौं । केही दिन अघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको फिल्म ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् ।

फिल्ममा बलिराम चौहानको निर्देशन हुनेछ । चौहान फिल्म ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो ।

साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुन लागेको फिल्मको शीर्षमध्येको एक भूमिकामा थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यू लाइट’मा नरेन्द्र मैनालीको छायांकन हुनेछ ।

गत मंगलवार सार्वजनिक गरिएको थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएको देख्न सकिन्छ । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ, र उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ । यद्यपि, पोस्टरले पूर्ण कथावस्तु प्रस्ट पार्दैन ।

निर्देशक चौहानले चलचित्रको कथावस्तु र अन्य कलाकारहरूको विवरण हाललाई गोप्य राखेका छन् । उनले चाँडै कलाकारको पूरै लाइनअप सार्वजनिक गरिने बताएका छन् ।

‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्माणपक्षको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *