जन्ते बाख्रो ट्रेलर सार्वजनिक

काठमाडौं । निर्माता सन्तोष गौतमको लगानी रहेको फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलरमा प्रेमकथा र कमेडीको मिश्रण छ ।

ट्रेलरमा फिल्मका प्रमुख पात्र सौगात मल्ललाई दुलही खोज्नका लागि गरिएको संघर्षलाई देखाइएको छ । सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको फिल्मको सार्वजनिक ट्रेलरले दर्शकमाझ कौतुहलता दर्शाउँछ । नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । आगामी जेठ २३ गतेबाट यो फिल्म नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको छ । सिनेमामा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *