आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल



६ आश्विन २०७९, बिहीबार । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् ।

एमाले मुख्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal