असमान तलब वृद्धिको विरोध, आज पनि ‘पेन डाउन’ गर्दै नायबसुब्बाहरू



२५ श्रावण २०७९, बुधबार । सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् ।

शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यभन्दामा उल्लेख भएभन्दा धेरै बढाइएपछि नायबसुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् । तलवमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ ।

नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय (दिउँसो १ बजेदेखि २ बजेसम्म) सबै नासुहरूले काम गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal