गायक राजु लामा सगरमाथाको शिखरमा पुगेर फर्किए



सगरमाथा चढेर फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

जलवायु परिवर्तनको असरबारे सन्देश दिन लामा सगरमाथा चढेका हुन् । उनी पछिल्लो समय वातावरण अभियानमा सहभागी छन्।

उक्त दलमा नेपाल, चीन, अष्ट्रेलिया, रुस र पाकिस्तानका आरोही सहभागी थिए । उनीसँग सम्बन्धित आरोहण दलका अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढ्दा उनको टोली नाइके मिङ्‌मा भने अक्सिजनबिनै चुचुरोमा पुगेका थिए।

लामाले आरोहणकै क्रममा क्याम्प २–३ अर्थात् ६ हजार ५७४ मिटर उचाइमा पुगेर गायक लामाले एकल साङ्गीतिक प्रस्तुति पनि दिएका थिए । यसअघि लामाले लोबुचे पिकको सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal