गीता भेटुवालको ‘जन्मदिने हे मेरी आमा’ बोलको गीतको भिडिओ सार्वजनिक



कवियत्री तथा गीतकार गीता भेटुवालको ‘जन्मदिने हे मेरी आमा’ बोलको गीत सार्वजनिक भएको छ । म्युजिक नेपालमार्फत उक्त गीतको भिडिओ आज सार्वजनिक गरिएको हो । गीतमा भेटुवालको शब्द, रचना तथा संगित रहेको छ ।

उक्त गीतको भिडिओमा भने भेटुवालकी छोरीसमेत रहेकी नायिका एलिजा गौतमले अभिनय गरेकी छिन् । गीतमा आमाको महिमाबारे प्रकाश पारिएको छ । भानु ओलीले निर्देशन गरेको उक्त भिडिओ दिनेश पराजुलीले छायांकान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal