महामन्त्रीमा उमेदवारी दिने नेता थापाको घोषणा



नेपाली काँग्रेसका नेता गगन थापाले महामन्त्रीमा उमेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा उहाँले १४ औँ महाधिवेशनमा महामन्त्रीको उमेदवारी घोषणा गर्नुभएको हो ।

महामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै उहाँले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गर्नुभएको छ । उहाँले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उमेद्वारी घोषणा भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2022 Intro Nepal