दोहोरीको राजा सार्वनजिक(भिडियो सहित)



काठमाडौं- पछिल्लो समय फरक फरक विषयवस्तुलाई लिएर गीतसंगीतहरु प्रस्तुत गरिने गरिन्छ त्यस्तै मध्ये मौलिकता झल्काउने गीत हो दोहोरीको राजा जसमा पहिले पहिले दरबार भित्र हुने लोक संस्कृतिकको झल्लको दर्शाइएको छ । गीतमा राजाले पारिवारिक मनोरन्जनको लागी गराइने गीतसंगीतहरुको विषय समेत प्रस्तुत गरिएको छ । राजाले विभिन्न ठाउँका राजाहरुलाइ बोलाइ पहिले पहिले यसरी नै सास्कृतिक मन्चन गराउने गरिन्थो । त्यही शैलीलाइ यस गीतमा देखाइदिएको छ ।

जसमा राजाले आफनो चेलीका लागी बर खोज्न यस्तै मन्चनहरुमा प्रतिप्रर्धाको माध्यम चलाउने गरेका थिए । जुन पुरानै दरबार शैलीको कुरालाइ यस गीतमा राम्रोसंग प्रस्तुत गरेको देख्न सकिन्छ । सोही गीतमा जुगारी जित्नेलाइ आफनो चेली दिने र हारेमा घर ज्वाइ बस्नुपर्ने शर्त राख्छन् सोही सर्त कसैलाइ मन्जुर नभएपछि उनले त्यो गीत शभा नै समापन गर्ने भन्छन् तेत्तिकैमा अर्को ठाउको राजा आएर उनको सर्त अनुसार जुगारी खेली चेली लान तयार भएको देख्न सकिन्छ ।

गीतमा अन्जली अधिकारी, लोमुस शर्मा , सुरवीर पण्डित, सितल शर्मा , आसिम शर्मा, नकुल ढकाल, शोभा ढकाल लगायतले अभिनय रहेको गीतमा गायक पशुपति शर्मा र लक्ष्मी मल्लले स्वर रहेको छ । सोही गीतमा सन्तोष राज वाहक कोरियोग्राफर छन् भने उत्सव दाहालले छायाकंन गरेका छन् । उक्त गीतमा निशान कश्यपको सम्पादन र निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal