विभाजनले एमालेलाई असर नगरेको सचिव ज्ञवालीकाे भनाई



नेकपा एमालेका सचिव एवम पूर्व मन्त्री प्रदिप कुमार ज्ञवालीले विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको दाबी गर्नु भएकाे छ । मंगलबार नेकपा एमाले रेसुङ्गा नगरकमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै सचिव ज्ञवालीले अधिकाशं कार्यक्रता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेकोले विभाजनले पार्टीलाई केही असर नगरेकाे बताउनु भएकाे हाे ।

उहाँले एमालेको केन्द्रीय कमिटीमा २३ प्रतिशत र स्थानीय तहका सात प्रतिशत मात्रै माधव नेपालको समाजवादीमा गएको बताउनु भयाे  । गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसिको कुरा भएको बताउदैँ नेता ज्ञवालीले एमाले छोडेका पनि फर्कने क्रम सुरु भएको दाबी गर्नु भयाे  ।

फरक प्रसङ्गमा नेता ज्ञवालीले अहिले देशमा कार्यपालिका र न्यायपालिकाबीच अपवित्र साटघाढ भएको आरोप लगाउँदै परमादेश दिएबापत जेठानलाई मन्त्री बनाउने बिषय गलत रहेको बताउनु भयाे । एमालेले सुरु गरेका थुप्रै कामहरु अहिलेको सरकारले खारेज गरेर जनविरोधि काम गरेको उहाँको भनाई छ ।

उहाँले देशभर १४ सय सडक बनाउने, भूमिहिनलाई लालपुर्जा दिने लगायतका कार्यक्रम कटौति गरेर सरकार आफैले जनविरोधि भएको पुष्टि गरेको उहाँकाे दावी छ  । पञ्चायतको विरोध, राजा हटाउने लगायतका ठुलाठुला राजनीतिक परिवर्तनमा एमालेले महत्वपूर्ण भूमिका निर्वाह गरेकोले यस्ता कामहरु अब जनतामाझ लैजानुपर्ने नेता ज्ञवालीले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal