भरतमणी पौडेललाई पूर्वयुवराज पारसले के भने ?



काठमाडौं– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा भरतमणी पौडेलले पूर्व युवराज पारस शाहको अभिनय गरेका थिए । सोही पारसको गेटअपमा देखिएका भरतमणीको अभिनयलाई धेरैले मन पराए । उनै कमेडी च्याम्पियन २ का विजेता भरतमणिले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो ।

पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिएका छन् । शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको थियो । भेट्नेवित्तिकै पूर्वयुवराज पारसले भरतमणीले दिएको प्रस्तुती फन्नी फन्नी भनेका थिए ।

‘पहिलो भेटमा नै उहाँले बर्षौपछि भेट भएको साथी जस्तो व्यवहार देखाउनुभयो । म उहाँको प्रशंसक थिए, भेटेपछि झनै ठूलो फ्यान भएको छु ।’ मलाई त एकदम मन पर्‍यो, उहाँको सादगी जीवन देखेर । मानौं, वर्षौदेखि उहाँको र मेरो चिनजान छ झै लाग्यो । भरतमणीसँगै ‘कमेडी च्याम्पियन’को पहिलो सिजनका प्रतिस्पर्धी सुमन कोइराला पनि भेटमा सहभागी थिए । भरतमणीले लेखेका छन् :-नमस्ते !एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग भेट्घाट गर्ने अवसर मिल्यो , उहालाइ भेट्न म र Suman Koirala दरबारमार्गको शेर्पा मलमा गएका थियौ, लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाको शुभचिन्तक थिए भेटघाट पछि झन ठूलो प्रसंशक भए , साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal