प्रमोदले सुरु गराए ‘ग्रिन बर्ड’ को छायाङ्कन



चलचित्र ‘ग्रिन बर्ड’ को छायाङ्कन शुरू भएको छ । चितवन र नवलपरासीमा खिचिने चलचित्रको छायांकन चितवनबाट शुरू गरिएको हो । चलचित्रको मुख्य भूमिकामा नायिका सुरक्षा पन्त रहेकी छन् ।

सुरक्षासँगै चलचित्रमा कमलमणि नेपाल र अफरान अलिको मुख्य भूमिका रहनेछ । प्रमोदको कथा र पटकथा रहेको यो चलचित्रमा कात्तिक स्मित कर्नाटकको छायांकन तथा अन्जय खड्काको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal