कमेडी च्याम्पियनबाट हिक्मत बाहिरिए, भरतमणि, बिक्की र सन्तोष फाइनलमा



कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियनबाट हिक्मत महरा आउट भएका छन् । सेमिफाइनलको प्रस्तुतिमा दिएको भोटका आधारमा उनी बाहिरीएका हुन् । सुदूरपश्चिमको कञ्चनपुरका हिक्मत वाइल्ड कार्ड इन्ट्रीबाट पुनः प्रवेश गरेका थिए । हिक्मत आउट भएसँगै ‘कमेडी च्याम्पियन २’को अन्तिम ३ मा भरतमणी पौडेल, विक्की अग्रवाल र सन्तोष थापा पुगेका छन् ।

कमेडी च्याम्पियनको नयाँ श्रृंखला प्रशारण भइसकेको छैन । अब, अन्तिम ३ प्रतिपर्धीहरुलाई दर्शकले फाइनलमा मात्र हेर्न पाउनेछन् ।’

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal