ओहो मुभिजमा चलचित्र ‘म त मर्छु कि क्या हो’ सार्वजनिक हुँदै



म्युजिक भिडियो र केही टेली चलचित्र भने बनिरहेका छन्। कति फिल्म सुटिङ हुँदा हुँदैमै रोकिए, कति अन्तिम घडीमा रिलिज हुन पाएनन्, कतिचाहिँ सुटिङको सम्पूर्ण तयारी गरेपछि अलपत्र परे । कोरोना भाइरसको महामारीलाई जिन्दगीको एउटा हिस्सा बनाएर दर्शकहरूलाई मनोरञ्जन दिनको लागी धुर्मुस सुन्तलीको लेखन तथा निर्देशन रहेको ओटीटी चलचित्र ‘म त मर्छु कि क्या हो’ ओहो मुभिजमा सार्वजनिक भएको छ ।

सिनेमा, सङ्गीत, टेलिभिजन कार्यक्रमहरू लगायत मनोरञ्जनका अनगिन्ती मौलिक र उत्कृष्ट सामाग्रीहरू प्रसारण गर्ने उद्देश्यले हालसालै सुरु गरिएको प्रिमियम ओटिटि प्लेटफर्म ओहो ! मुभिजमा सो चलचित्र सार्वजनिक हुने भएको हो । ठुलो फिल्म भन्दा पनि दर्शकहरूलाई मनोरञ्जन दिनको लागी निर्माण गरेको हास्यकलाकार सिताराम कटेल (धुर्मुसले) जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal