वरुण धवनकी भतिजी अन्जिनी पनि फिल्ममा डेब्यु गर्दै



बलिउड अभिनेता वरुण धवनकी भतिजी अन्जिनी पनि फिल्ममा डेब्यु गर्ने भएकी छन् । उनलाई बलिउड निर्माता करण जोहरले वरुणकी भतिजी अन्जिनी धवनलाई फिल्ममा डेब्यु गराउन लागेका हुन् ।

वरुणलाई पनि उनले सन् २०१२ मा रिलिज भएको फिल्म ‘स्टूÞडेन्ट अफ द ईयर’ बाट वरुण धवनलाई अभिनेताको रुपमा डेब्यू गराएका थिए । अन्जिनी, निर्देशक डेविड धवनका भाई अनिल धवनका छोरा सिद्धार्थ धवनकी छोरी हुन् । भारतिय मिडियाका अनुसार उनले आफ्नो डेब्यूलाई परफेक्ट बनाउनका लागि क्लासिकल र वेस्टर्न डान्सको तालिम लिइरहेकी छन् ।

केहि फिल्मका व्यानरबाट उनलाई फिल्मका लागि अफर आएको थियो तर, अन्जिनीले प्रतिष्ठित ब्यानरको फिल्म पर्खिरहेकी थिइन् । भाष्कर पत्रिकाका अनुसार उनले डेब्यु गर्ने फिल्मको छायांकन आगामी २०२२ मा थालेर २०२३ मा रिलिज गर्ने निर्माण पक्षको योजना छ । फिल्मको नाम पनि गोप्य राखिएको छ । छायांकन निश्चित भएपछि मात्रै फिल्मको नाम घोषणा गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal