पवनद्वीप बने १२ औं इण्डियन आइडल



भारतीय रियालीटी सो इण्डियन आइडलको १२ औं संस्करणमा पवनद्वीप राजनले आइडलेको ट्रफी हात पारेका छन् । आइतबार दिउँसो १२ बजेबाट शुरु भएको सो प्रतियोगिताको ग्रयाण्ड फिनाली मध्यरातसम्म चलेको थियो ।

भारतको उत्तराखण्डका पवनदीपले २५ लाख नगद र कार पाएका छन् । सो प्रतियोगीतामा अरुनिता कान्जिला दोस्रो र सायल काम्लेले तेस्रो रनर अपको उपाधी हासिल गर्न सफल हुनु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal